सन्त बहादुर पनि ड्याडी भएछ !

त्यसो त सन्त बहादुरको कान्छो छोरा समेत अहिले २० वर्ष नाघिसकेको छ र उसको सबैभन्दा जेठी छोरीको उमेर त चालीसको हाराहारीको छ । तर सन्त बहादुर ड्याडी भने भर्खरै भएको हो । कुरो बेमेल लागे पनि यथार्थ भने यस्तै छ ।

सन्त बहादुर करिव ३५-४० वर्ष अगाडि २-३ जना परिवार सहित राजधानी भित्रिएको थियो । उसको पुर्खौली घर कतै पश्चिमतिर थ्यो क्यार । बाबु-बाजेको जग्गा जमिन धेरै जना दाजुभाइमा बाँड्दा गरी खान नपुग्ने भएपछि जे भा’को जेथा उतै बेच बिखन गरेर उ नेपाल खाल्डो भित्रिएको थियो । पुरानो नेपाल खाल्डोमा पसेपछि धेरै समय भौँतारियो सन्ते

चिनजानका कोही नभएका अरू काममा आफ्नो बुता पनि नभएकोले त्यति बेला ४-५ जनाको ज्यान पाल्न उसलाई हम्मे हम्मे पर्थ्यो । दिनभर ज्याला-मजदुरी र अरूको खेत-बारी खन-जोत गरेर साँझमा बस्ने ठाउँमा फर्कँदा उसका छोराछोरोहरू “बा ! बा !!” भन्दै उसको पछि लाग्थे ।

समय बित्दै गयो, सन्तले २-४ जना पुगि सरेका लाई पनि चिन्यो, मेहनत-मजदुरी र इमानदारीले पनि पहिचान बनायो । रहँदै बस्दा टोल छिमेकको सम्पर्क र भनसुनबाट १-२ जना खाइलाग्दाहरूका ठाउँको जग्गा जमिन खनजोत गरेर जग्गाधनीलाई नि पुग्ने आफूलाई नि गर्जा टर्ने गरी खेती किसानीमै रमाउन सक्ने भयो सन्त । अर्काको जमिन जोत्दा उसलाई घरीघरी गाउँमा बेचेको आफ्नो जग्गाको पनि ख्याल आउँथ्यो र मन चसक्क काट्थ्यो तर बिहान बेलुकीको हातमुख जोर्ने समस्या टरेकोले पहिलाभन्दा सन्तोषी देखिन्थ्यो सन्त । फेरिएको समयमा उसका अरु १-२ सन्तान पनि बढेका थिए भने स्कूल जान थालेका उसका छोरा-छोरीहरू उसलाई ‘बुबा’ भनेर बोलाउन थालेका थिए ।

अझै केही समय बित्दा देशमा केही परिवर्तन भयो र जमिन जोत्नेको पनि जमिनमा भाग आउने कानुन बन्यो । सन्त बहादुरको जीवन झनै आशावादी बन्यो । समयको प्रवाहसँगै ‘जोत-को-पोत’ भन्ने कानुन र भूमिमा द्वैत स्वामित्वको अन्त गर्ने नियम बनेपछि भने उसको जीवनको तस्विर नै बदलियो ।

सुनिन्छ, केही समय अगाडि उसले आफ्नो मोहियानी बापत आएको २ रोपनी जग्गा करौडौंमा बेचेको छ । आजकल ऊ डेराको घर छाडी आफ्नै जमिनमा बनेको सुन्दर घरमा बस्छ । घर मुनिको सटरमा उसको आफ्नै किराना पसल छ । उसका छोरा-छोरीहरू पनि कोही कलेज पढ्छन् त कोही काममा लागिसके । बिहान बेलुकी सन्त आफ्नो पसलमा आफैँ बस्छ र गाउँलेहरू उसलाई ‘सन्त साउ’ भनेर बोलाउँछन् । अँ त, भनिरहनु नपर्ला उसका शिक्षित छोराछोरीहरू उसलाई आजकल ‘ड्याडी’ भनेर बोलाउने गर्छन् ।

16 Responses to “सन्त बहादुर पनि ड्याडी भएछ !”

  1. Jotare Dhaiba Says:

    हामी कस्तो शिक्षित र सभ्य भइरहेका छौं, राम्रो उदाहरण हो ।

  2. Paresh Says:

    शीर्षकमात्र पढेर एउटा भिन्नै कथावस्तुको अनुमान गरेर कथा पढ्न थालेको तर भित्र त अर्के पो रहेछ । जे होस् कथाकारको लेखनीलाई धन्यवाद ।

  3. Palpali Milan Says:

    छोटो मिठो कथा

  4. Anonymous Says:

    dami chha.

  5. Ashesh Says:

    एकछिन त अन्तो न पत्तो सँग हराएँ । म त ड्याडी भनेको फेरि अर्कि ल्याएर होला भन्ने ठानेको ….तर कुरो अर्कै रहेछ….अनुमानै गर्न नसकिने….गज्जवको लेखनी!!!!

  6. Ekendra Says:

    म जोतारे धैब संग पूर्णत सहमत छु: हामी कस्तो शिक्षित र सभ्य भइरहेका छौं, राम्रो उदाहरण हो ।

  7. प्रकाश समीर Says:

    हाम्रा गाउँ तिर 'नि हर्के, मंगले, बिरे सबै ड्याडी भै सकेछन्। हिजोका आमाहरु सुन्तली, खिनौरीहरु नाकका फुली बुलाकी फालेर धमाधम मम्मी बन्दै छन् रे जे होस् विकसित त हुँदै छौँ नि हामी। घत् लाग्दो कथाको लागि धन्यवाद दिलीप सर!!!

  8. Ramesh Says:

    सुरुमा कथा को भाबमा केही अपुरो लगेता पनि अन्त्यमा कथाको भाब प्रस्ट भयो ,कथा यथार्थ मा छ ।

  9. Dilip Acharya Says:

    दूर्जेय जी, म कमेन्ट डिलिट गर्दिन …त्यसमा पनि तपाईँको ???? मेरो त्यत्रो हिम्मत !!। मैले त तपाईँको सबै कमेन्ट देखिएकै ठान्छु…कुनै पोस्टको कमेन्ट नआएको भए कृपया खबर गर्नु होला (कहिलेकाहीँ सिस्टममा गडबड भएर तुरुन्तै कमेन्ट नदेखिन भने सक्छ है ।)।कमेन्टको लागि सबैमा धन्यावाद !

  10. दूर्जय चेतना Says:

    मैले पहिले नै पढेको थिए सार्है राम्रो लागेको थियो। अझै पनि सन्दर्भिका र यथार्थ परक छ यो कथा। दिलीप सर यो समस्या हाम्रो देशमा सन्तेहरुको मात्रै हैन। यो भन्दा पनि बिजोग त विदेशमा छ। मैले एउटा पारिवारिक भेलामा नेपालीका छोरा छोरीलाई जम्मा गरेर केही कुराहरू सोधेको थिए, नेपालीमा गन्ती गर्न, कखरा भन्न र केही नेपाली शब्दहरूको जानकारीको बारेमा। यहाँ उच्च जीवन शैलीको नाममा, अग्रेजी भाषा मात्रै भाषा हो भन्ने जस्तो गरि आफ्ना नानीहरूलाई सिकाएको पाएको छु। तपाइ मान्नुस वा नमान्नुस १० जना मध्य एक जनाले मात्रै “बा” भनेको ड्याडी हो भनेर भने। नत्र, पापा, पापी(स्प्यानिस भाषा), ड्याडी, ड्याड् मात्रै प्रयोग गरेको पाएँ। भाषाको तोलो त यहाँ पो झारिएको छ त विदेशमा। घरमा सामान्य कुरा पनि नसिकाउदा, नेपाली भाषा पढ्न र लेख्नडको त कुरै छोडौं, बोल्न समेत नआउने भएका छन्। बोले भने पनि नेपाअग्रेजी। हुँदा हुँदै मैले कहिलेकाहीँ नजिकैका केटाकेटीहरू म सँग बोल्न आउँदा, हेर नानी हो म अग्रेजी बुझ्दिन, तिमीहरूले नेपालीमा भन है भन्न खोजेको कुरा, भन्दा अर्को दिनबाट उनीहरू मेरो नजिकै परेनन्। गाह्रो हुदै गएको छ नयाँ पीढीलाई नेपालमा र विदेशमा समेत।।।
    कथा निकै मार्मिक र समाजको यथार्थ दर्पणको रुपमा लेख्नुा भएको छ। तर सन्तेको प्रगतिमा चाहिँ निकै खुसी छु म..

  11. Prahlad sanjel Says:

    Nice one. Like it.

  12. nepaliunicodeconverter Says:

    ramro

  13. Anonymous Says:

    ramro lagae tar maielae khojai ko jasto vaetin

  14. suresh mahato Says:

    ramro lagae tar maielae khojai ko jasto vaetin

  15. Anonymous Says:

    BisHal mayalu nepal

  16. Anonymous Says:

    mitho


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: