औसत स्थिति (तीन सूत्रकथा)

Ghus

शहरको एउटा छापाखानामा उनीहरू  दुई जनाको निकै बेरसम्म कुराकानी, वाद-विवाद  र सर-सल्लाह भयो। आफूले सरकारी कार्यालयको हजारौँ प्रति पर्चा छाप्ने काम दिलाए बापत प्रेसवालाले उनलाई राम्रै ‘हिस्सा’ दिनुपर्ने दावा कर्मचारीको थियो भने कागज, रङ्ग र छपाइ सामाग्रीको मूल्य वृद्धिका कारण ‘पुरानै दररेट’ भन्दा बढी दिन नसक्ने प्रेसवालाको निचोड थियो ।

केही समयको भाउताउ र मोलतोल पछि निश्चित रकममा दुबैको कुरा मिल्यो । कर्मचारीले आफ्नो फाइलबाट छपाउनु पर्ने पर्चाको एउटा नमुना निकाले र प्रेसवालाले सो नमुनालाई आफ्नो कम्प्युटरमा उतार्न लागे। पर्चामा लेखिएको थियो :- “घुस दिनु र लिनु महापाप हो !”

त्यस ठाउँमा एउटा बृहत् कृषि मेलाको आयोजना भएको थियो । गाउँका मात्रै हैन, शहरबाट समेत ठूला-ठूला नेताहरू सो मेलाको शोभा बढाउन त्यहाँ उपस्थित भएका थिए । स्टेजको एकतर्फ स्थानीय किसानहरू ले उब्जाएका उन्नत, फलफूल र तरकारीका नमुनाहरू राखिएका थिए ।

औपचारिक रूपमा कार्यक्रम सुरु हुने बित्तिकै बहालवाला कृषि मन्त्रीले आफ्नो पक्षको सरकार आउने बित्तिकै कृषि क्षेत्रमा आमूल परिवर्तन देखिन थालेको बताएर ओज पूर्ण भाषण छाँटे । भर्खरै खूइलिएका विपक्षीका नेताले आफ्नो कार्यकालमा लिइएको खुला बजार नीतिका कारण बजारमा गुणस्तरीय  बिउबिजन र मल खाद उपलब्ध भएकोले कृषिमा भएको प्रगतिको जस आफूहरूले पाउनु पर्ने तर्क तेर्स्याए ।

नेता-उपनेता र कृषिसँग सात जन्म कुनै सम्बन्ध नभएका लाउके र उप-लाउकेहरुले समेत भेलामा आ-आफ्नो धारणा व्यक्त गर्ने मौका पाए। आफ्नै घरमा नयाँ तरिकाले ब्याड सारेर १० किलोको काउली फलाउने सन्ते, गोबर, खरानी र कालोमाटोको निश्चित मात्रा मिसाएर माटो उर्बर बनाउन सफल बिर्खे र गाउँकै सर्जाम प्रयोग गरेर बेमौसमी तरकारी उत्पादन गर्न सफल हर्केले आफूले पनि बोल्न पाइन्छ कि भनेर धेरै बेर पर्खै। तर ठूला नेता र विज्ञ विद्वानले बोल्दा बोल्दै उनीहरूको बोल्ने समय नै आएन ।

धन, पद र नामको पछि लाग्दा लाग्दै तनाव र रोगका सिकार भएका नगरवासीलाई तनाब र रोगबाट त्राण दिन भनेर नगरमा एकजना चमत्कारी बाबाको प्रवेश भएको थियो । शहरको चोक, गल्ली सबैतिर उनको शिविरको बारेमा आकर्षक विज्ञापन छापिएको थियो ।

“धनको पछि नलाग्नुस, धन आरोग्यको दुश्मन हो। स्वास्थको ख्याल गर्नुस..जीवन जिउने अचूक सूत्रका लागि बाबाको तीन दिने शिविरमा आउनुहोस् “

पर्चाको तलतिर केही सानो अक्षरमा लेखिएको थियो : टिकट दर रू १००, ५०० र ३०० मात्रै । पुनश्च : बाबा हाल स्वास्थ उपचारको क्रममा रहनु भएकोले शिविरको कार्यक्रम एक हप्तापछि मात्रै सञ्चालन हुँदैछ ।

5 Responses to “औसत स्थिति (तीन सूत्रकथा)”

  1. वेदनाथ पुलामी Says:

    >नम्बर १ को लघु कथा नम्बर १ को नै ठहरियो ! नम्बर ३ को पनि कम दमदार चाही होइन है दिलिप दाइ ! नम्बर २ को चाही 'विचरा ठूला नेता र विज्ञ विद्वानहरु द्रारा पिल्सिएका परिश्रमी बिर्खे र हर्के' भन्न मनलाग्यो ! त्यस्ता बिर्खे र हर्केहरुले देशै श्रमजिवीहरुको प्रतिनिधित्व गरेका छन् !

  2. प्रकाश समीर Says:

    >शंकै छैन तपाईंका हरेक लघु कथाहरु झटारो तुल्य हुन्छन्। यी तीन कथाहरुको त कुरै नगरौँ , सबै एक से एक । सन्ते, हर्के र बिर्खेहरुले बोल्ने र "ठुलाबडा"हरुले सुन्ने दिन कहिले आउला यो देशमा ? धन्यबाद दिलीप सर

  3. Chaitanya Says:

    >तेश्रो कथा सबैभन्दा घतलाग्दो लाग्यो | सबै कथाले हाम्रो समाजका विकृत प्रवृत्तिप्रति कसिलो व्यंग प्रहार गरेका छन् |

  4. Shital gole Says:

    Tapaiko sabai katha ramro lagyo.

  5. Bhim raj sharma Says:

    K ho k ho kunne yo mancha ko chala?


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: