समय यात्रा -एक विज्ञान कथा-

आधा रातको निस्तब्धतामा सायद पुरै अस्तित्व निन्द्राको काखमा पौडिरहेको थियो। तर नेपालको उत्तरी हिम श्रृङ्खलाको बीच बनेको एउटा अनकन्टार सानो उच्च हिमाली मैदान माथीको आकाशमा एउटा अत्यन्तै उज्वल तर शीतल प्रकाशपुञ्ज देखियो । प्रकाश तीव्र गतिकासाथ हिमाली मैदानको नजिक आउँदा त्यो प्रकाशपुञ्जको आकार पनि झन् झन् बढ्दै थियो तर बिना आबाज…..।

मैदानको नजिक पुग्दा देखियो त्यो कुनै प्रकाशपुञ्ज नभै एउटा गोलाकार यान थियो र जुन बिना आबाज आरामसंग जमिनमा अवतरण गर्दै थियो । यानको माथिल्लो भागमा “अन्वेषण -३” लेखिएको थियो र त्यसको मुनि “नेपाल खगोल विज्ञान तथा समयारोहण अध्ययनशाला” लेखिएको थियो । यान जमिनमा अवतरण भएपछि मधुरो प्रकाश मात्रै त्यसमा बाँकी रह्यो र यानको तल्लो भागमा एउटा स्वचालित ढोका बिस्तारै खुल्यो । यानको ढोका खुल्ने बित्तिकै भित्रबाट एकजना ६५-७० का जस्ता देखिने कपाल र दाह्री सेतै फुलेका व्यक्तिसँगै करिब २०-२५ वर्षका जस्ता देखिने १० -१२ जना मानिस पनि बाहिर निस्के । उनीहरूलाई ‘मानिस’ भन्नुमा कुनै आपत्ति नहोला कारण उनीहरूको आकार प्रकार र शारीरिक बनोट हाम्रै जस्तै थियो, सायद हात खुट्टा अलि मसिना र टाउको अलिकता ठूलो मात्रै …।चिसो मैदानमा निस्कने बित्तिकै ती युवाहरूले भुईमा एक प्रकारको बाक्लो चकटी जस्तो आसन ओछ्याए । र सबै जना त्यसमा बसे। ती बुढा व्यक्ति पनि उनको लागि राखिएको बीचको आसनमा बसे … दृश्य हेर्दा यस्तो लाग्थ्यो ती बुढा व्यक्ति उनीहरूका गुरु थिए र ती जवानहरू उनका विद्यार्थी ।
सबै जना आफ्नो आसनमा बस्ने बित्तिकै ती बुढा व्यक्तिले आफ्नो कुरा सुरु गरे: “ हामीहरु आज यो २००० वर्ष अगाडिको भूतकालमा आउनुको मुख्य कारण तिमीहरूलाई आफ्नै पूर्वजहरूको बरेमा वस्तुगत जानकारी दिनु मात्रै हो… ” ।

त्यसपछि ती बुढा प्राध्यापकले करिब १ घण्टा जत्ती त्यही स्थानमा बसेर आफ्ना विद्यार्थीहरूलाई विभिन्न कुराहरू बताए। वातावरण प्रदूषण देखि, भूमण्डलीय तापक्रम वृद्धि अनि आणविक हतियार देखि सौर्य उर्जाका विविध प्रयोग सम्मका । त्यसका साथै नेपाल लगाएत विश्वका देशहरुको राजनीति र द्वन्द समेतका विषयमा गम्भीर चर्चा भए । अनौठो कुरा के भने उनीहरूले चर्चा गरिरहेका सबै विषयहरू संसारमा अहिले घटि रहेका घटनाहरू थिए …तर अचम्म उनीहरू त्यसलाई “भूतकाल” मा व्यक्त गर्दै थिए ।

आफ्नो आख्यान सक्काए पछि तिनले आफ्ना विद्यार्थीहरूतर्फ प्रश्न सूचक दृष्टिले हेर्दै भने :” तिमीहरुलाई आफ्नो इतिहास बारे अरू केही सोध्नु छ ?” ।

“…हामीहरु अहिले देखिएको यो स्थितिबाट विकसित भएर आएका हौं भने यो तत्कालीन चौआयामिक समय कालमा रहेका सबै मानिसहरू हाम्रा पूर्वजहरु हुन…” । एक जना विद्यार्थीले प्रश्न गरे: “…अहिले हामी रहेको यो चौआयामिक समय २०६७ साल छ र हाम्रो वास्तविक समय काल ४०६७ साल हो । तब के त, अहिले यहाँ कुनै मानिसलाई भेटेर हामीले हाम्रो बारेमा बतायौं भने उनीहरूले विश्वास गर्लान त ?” ।

यस पटक ती बुढा प्राध्यपकले लामो सुस्केरा हाले अनि बिस्तारै बोल्न सुरु गरे:” आजको यो समय-यात्राको अर्को उद्देश्य यो पनि हो कि, तिमीहरुले यो कुरा बुझ्नु पनि जरुरी छ कि हाम्रा पूर्वजहरुले कति अभाव र दु:खका बीच यो विज्ञानको ढोका खोलेका थिए । जसको मद्दतबाट आज हामी इतिहासको यात्रा र वर्तमानमा पूनरागमन दुवै गर्न सक्छौं …”। उनले अगाडि भने “… हाम्रो यो समयारोहण यान उनिहरुकै योगदानको फल पनि हो । तर पनि अहिलेको स्थितिमा यो यथार्थलाई कसैले बुझ्ने छैनन् । सायद यो परावैज्ञानिक कुरा बुझ्न सक्ने मानिस र त्यो पनि नेपालमा त ज्यादै कम होलान …” । उनले आफ्नो कुरा जारी राखे :”… किनभने पश्चीमी देशमा Time Machine को परिकल्पना १८औं शताब्दी देखी नै चले पनि नेपालमा भने बि. सं. २४२५ देखि मात्रै यसतर्फ सोच्न थालिएको थियो । समय पनि एउटा पदार्थ नै हो र कुनै पनि पदार्थको लम्बाई, चौडाई उचाइ र गहिराई जस्तै समयको आयाम भित्र पनि आवत जावत गर्न मिल्छ भन्ने कुरा सुनेर मात्रै हुदैँन बुझ्न निकै कठिन हुन्छ “।

“हैन… यो कुरा साह्रै जटिल त छैन नि?” अर्का एकजना विद्यार्थीले फेरि प्रश्न गरे । “सरलता र जटितला भन्ने कुरा वैज्ञानिक सिध्दान्तको कुरा मात्रै नभै समाजको विकास र यन्त्र वा उपकरणको उपलब्धतामा पनि भर पर्छ ।…कुनै पनि कुरालाई बोल्नु र लेख्नु मात्रै हैन प्रमाणीत गरेर देखाउन नसकिने अबस्थामा साँचो कुरा नै भएपनि मानिसले विश्वास गर्ने छैनन् ।

“ध्वनी भन्दा छिटो गतिमा चल्ने यानको निर्माण भएमा कुनै यान आकाशमा उडेर अवतरण गरीसकेपछि मात्रै त्यसको ध्वनी सुनिन्छ भन्ने कुरा समेत मानिसलाई सुरु सुरुमा विश्वास गर्न निकै गाह्रो भएको थियो …”। प्राध्यापक आफ्नो आख्यान जारी राख्दै बताउन थाले:”.. त्यसरी नै प्रकाशको गति भन्दा छिटो चल्ने यान निर्माण भएमा पहिला यान अवतरण हुन्छ र त्यसपछि मात्रै यानको छायाँ देखिन्छ… यो कुरा सुन्नु र बुझ्नुमा धेरै फरक छ…” । निकै लामो आख्यान पछि उनले आफ्नो आख्यान पुरा गरे :”… कुनै पनि यानको गति प्रकाशको गति भन्दा बढी भएमा त्यो समयको चौआयामिक स्थितिमा प्रवेश गर्न सक्छ भन्ने कुरा अहिलेको शिक्षित मानिसले सिद्धान्तगत रुपमा बुझे पनि प्रयोगात्मक रुपमा सम्भव मान्ने छैनन् किनकि हालको अबस्थामा त्यसको प्रयोगात्मक परिक्षण गर्ने उपलब्धता मात्रै हैन सोचको समेत अभाव छ” ।

“ल आउ अब हामी हाम्रो देशको भौगोलिक परिवर्तनको बारेमा बुझौं…” यति भन्दै प्राध्यापक फेरि बोल्न सुरु गरे:” अहिले यो चौआयामिक समयकाल अर्थात २०६७ सालमा सगरमाथाको उचाइ ८८४८ मिटर छ, तर बि. सं. २६७८ मा नेपालको उत्तर पुर्वी भागमा ठूलो भुकम्प जान्छ र तिब्बतियन प्लेट माथि उठ्दा सगरमाथाको उचाइ पनि ९०१२ मिटर हुन्छ…” । “त्यसो भए त त्यतिबेला धन जनको निकै ठूलो नोक्सान भयो होला नि …?” एक जना बिद्यार्थीले प्रश्न गरे । “..धनको नोक्सान भए पनि जनको भने हुन पाएन…” प्राध्यापकले मुस्कुराउँदै भने “.. किनकि त्यसको ५ वर्ष अगाडि नै नेपालका वैज्ञानिक जगदिश शर्माले “भुकम्प सूचक यन्त्र”को आविष्कार गरी सकेका थिए र भूकम्प जानुभन्दा १२ घण्टा अगाडि नै मानिसहरु यस्ता दैवी प्रकोपको भविष्यवाणी गर्न सक्षम भैसकेका थिए” ।

“…ल हिँड… त अझै केहीसमय बाँकी नै छ…हामी अब २६७८ सालको फागुन १३ गतेमा जाऔं र सो भौगोलिक परिवर्तनलाई आफ्नै आँखाले हेरौँ”
सबै जना यान भित्र प्रवेश गरे र यान फेरि बिना आबाज अन्तरिक्षमा बतासिएर एकैछिनमा गाएब भयो ।

16 Responses to “समय यात्रा -एक विज्ञान कथा-”

  1. दूर्जेय चेतना Says:

    साथीहरुलाई मोज रहेछ। हेर त्यी बुढा सVग PhD गर्न पाएको भए पनि साह्रै धुम्न पाईने रहेछ, युग युगको यात्रा । त्यसो अहिले पनि धुमिएकै छ। हा हा रमाईलो सगँ पढियो।मैले सिधै बुझे र लिए कथालाई: कथाको सार निकै सुन्दर लाग्यो र बास्तबमै बैज्ञानिक पृष्टभुमीमा लेखिएकोले पनि अरु कथा भन्दा फरक स्वाद मिल्यो। अहिले हामीलाई आईन्टाईनले छोडेर गएका चुनौती मध्य एक " कुनै पनि बस्तु प्रकाशभन्दा चाडो हिड्न सक्दैन" भन्ने यथार्थता माथीको सफलता हालका लागि कल्पनामै भए पनि कथा र त्यो समय अबधी भित्र सोच्दा साह्रै रोचक रह्‍यो। त्सस समय बीच त पक्कै पनि यो कुरा गलत बनाउनेनै छन् बैज्ञानिकहरु, किनकी यो नै सबै भन्दा ठूलो सम्स्या हो हाम्रो मनोगत खगोलिय यात्राको परिकल्पना वा टाइम मेसिनमा हिस्ने ईच्छाका लागी। सुन्दर कल्पना बिशेष यो लाईनमा "त्यसरी नै प्रकाशको गति भन्दा छिटो चल्ने यान निर्माण भएमा पहिला यान अवतरण हुन्छ र त्यसपछि मात्रै यानको छायाँ देखिन्छ" दु:ख र अभाबका बीच पनि गर्दै गर्‍यो भने हुने रहेछ भन्ने पनि कथाले कतै न कतै बोल्यो। हाम्रो अहिलेको हालत हामीलाई थाह छ र कथा पढीँ सके पछि, हाम्रो भबिश्य पनि थाह भयो र त निकै आशा पनि दिएको छ कथाले हाम्रो हालको अन्यौल पुर्ण यथार्थ परिस्थिती बीच एक न एक दिन मुक्तीको आशा सहित। यसै बीच बिज्ञानको सही बुझाइ पनि देख्न पाईयो यो कथामा " कुनै पनि कुरालाई बोल्नु र लेख्नु मात्रै हैन प्रमाणीत गरेर देखाउन नसकिने अबस्थामा साँचो कुरा नै भएपनि मानिसले विश्वास गर्ने छैनन्" सायद यसै कारणले सुत्रहरुको बिकाश र आबिश्कार भईरहेका छन् अहिले र चलिहरन्छ सधै..जे होस दिलिपजी कथा पढ्दा हाम्रो भबिश्य राम्रो नै लाग्यो.. हामी कतै न कतै पृथ्वीको नै बिनास भईहाल्ने हो की भन्ने डर पालेर बसेको बेलामा एउटा नजानिदो आशा दियो.. खुसी भयो मन .। धन्यवाद लेखनको लागी..२६७८ सालको फागुन १३ गतेका घटना क्रमलाई पनि पढ्न पाईयोस है..हा हा

  2. Aakar Says:

    "समय पनि एउटा पदार्थ नै हो र कुनै पनि पदार्थको लम्बाई, चौडाई उचाइ र गहिराई जस्तै समयको आयाम भित्र पनि आवत जावत गर्न मिल्छ भन्ने कुरा सुनेर मात्रै हुदैँन बुझ्न निकै कठिन हुन्छ “। – खै, यो कुरा चाँहि बुझ्न मुस्किल नै भयो ।अनि प्रकाश को गतिलाई पनि, निकट भविष्य मा नै माथ गराउने, यानहरु विकास त अवश्य नै हुनेछन् होला !अझ अर्को घतलाग्दो कुरा, कल्पना मा नै भएपनि, नेपाल ले पनि विज्ञान को क्षेत्रमा ठूलो फड्को मारेको आभाष गर्न पाइयो । समग्रमा भन्दा, एउटा मिठो कल्पना मा एकछिन चुर्लुम्म डुबियो !

  3. prelude Says:

    I wish your imagination would come true sooner and Nepal would pace towards advancement of technology without delaying any more!

  4. Anonymous Says:

    Nice to notice that Science fiction stories do exists in Nepali language too. Keep the good work !Rajiv

  5. Bed Nath Pulami Says:

    निकै गजब को कल्पना गर्नु भा रहेछ – दिलिप दाइ !निकै मन पर्यो – अनि साच्ची – "भूकम्प जानुभन्दा १२ घण्टा अगाडि नै मानिसहरु यस्ता दैवी प्रकोपको भविष्यवाणी गर्न सक्षम भैसकेका छन् !" भन्ने दिन कहिले आउला , है ?

  6. Nepalean Says:

    ho ta hai. nepal ma yestai yaan utriye. sachhai nabhaye pani sochna ta paiiyo ni.

  7. nepalean Says:

    jhela garera eutai photo dhekayepani prelude,bednath ra nepalean eutai hoinan hai.

  8. D DUS JI Says:

    कथा मन गर्यो , कल्पनामा भए पनि समय यात्रा गरीयो,

  9. Jotare Dhaiba Says:

    कल्पनाशक्तिको तारिफ नगरी रहन सकिनँ । ती बूढा प्राध्यापकको बयान स्वैरकल्पनाको रङले लछप्पै भिजे पनि यथार्थको विश्वासिलो आयाममा टेकेको अनुभूति हुन्छ ।तर यो कथा अझै लम्बिनुपर्थ्यो कि जस्तो लाग्यो । भर्खरै त बुझाइको आकारमा आउँदै थियो जस्तो लाग्यो । यो यात्रा अद्भूत नै लाग्यो ।

  10. Chaitanya Says:

    निकै रोचक बिषयबस्तु र प्रस्तुति | यसलाई एउटा गतिलो बिज्ञान कथा मान्छु म | नेपालमा बिज्ञान कथा लेख्ने मानिसको निकै कमि छ जस्तो लाग्छ मलाई | सरुभक्तको `छोरी ब्रम्हाण्ड` का कथा पढेको थिएँ| त्यसबाहेक तपाईंकै कथा पढेको छु | निकै रमाइलो लाग्यो |

  11. गोकुल ढकाल Says:

    गतिलो लेख लेख्नु भएछ दाजु । म मान्छु तपाईंको कल्पनाशक्ति र लेखाइलाई ।

  12. सूर्य/सिकारु Says:

    शब्द -शब्दमा सार र अर्थपरक कथा । आध्यात्मदेखी बिज्ञान सम्म जरा फिजाएर कल्पनाको गहिराइमा निकै घोत्लिनुभयो दिलिप दाई कथा मार्फत। प्रस्तुतिको लागि धन्यबाद

  13. दीपक जडित Says:

    बेजोड कथा । ”…त्यसरी नै प्रकाशको गति भन्दा छिटो चल्ने यान निर्माण भएमा पहिला यान अवतरण हुन्छ र त्यसपछि मात्रै यानको छायाँ देखिन्छ…" यसले भने हल्लाएर राख्यो । त्यस्तो अवस्थामा हाम्रो आँखाको दृश्य मापन शक्ति कति हुनुपर्ने होला त्यो यानको छायाँ देखिनलाई, अहिले हामीसँग भएकै जति हो भने त कसरी देखिँदो हो र?

  14. Dhruba Panthi Says:

    निकै मिठो लाग्यो विज्ञान कथा। २७ औँ शताब्दीसम्ममा त हाम्रो देशले पनि विज्ञान-प्रविधिको क्षेत्रमा ठूलै फड्को पो मारिसकेको हुने रहेछ🙂

  15. ध्रुबमणि खनाल Says:

    निकै राम्रो कथा लेख्नु हुदो रहेछ तपाईले त दाजु ।ALL THE BEST

  16. Bir Says:

    Hee


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: