परिवर्तन 

bribe त्यो कार्यालयमा भ्रष्टाचार सदाचार नै बनेको थियो । सेवाग्राहीका कुनैपनि काम दाम बिना हुँदै-हुँदैनथ्यो । कागज हेर्न दस्तुर, मान्छे भेट्न सलामी, फाईल खोज्न दक्षीणा र दस्तखतका लागि नजराना नभै कुनै काम हुँदैनथ्यो ।

मागेरै खाने, ढाँटेरै खाने, हप्काएर खाने र तर्साएरै खानेले आजित भएपछि जनस्तरबाटै दबाब बढ्यो । केन्द्रसम्मै खबर पुगेपछि सेवाग्रहीका काम बिना घुस र बिना नजराना गराउन एकजना निरीक्षक खटिए सो कार्यालयमा । कार्यालयमा निरीक्षक आएपछि २-४ दिन सेवाग्राहीका काम दाम दक्षीणा बिना नै भए ।

केही दिन पश्चात भने सो माहौल परिवर्तन भएको आभाष पाए जनताले । पुराना हस्तीहरु फेरि पनि सेवाग्राहीसंग बेधक दस्तुर माग्न थाले । अचम्मको कुरा के थियो भने अबका दिनमा दस्तुरको रेट पहिले भन्दा बढेको थियो । नयाँ आएका निरीक्षकको पनि भाग छुट्याउनु पर्ने भएकोले साबिक बमोजिम लिँदै आएको चिया खर्च र दस्तुरीमा बृद्धि गर्नु परेको बताएर कर्मचारीहरु पहिला सय लिने कामको लागि डेढ सय र हजार को बाह्र सय आदिको दरमा फेरि सेवाग्राहीलाई सताउन थाले ।

पीडित सेवाग्रही फेरि समस्या लिएर सम्बन्धित निकायमा धाउन थाले । स्थितिको गाम्भिर्यलाई ध्यानमा राखेर यसपाला भने केन्द्रबाट त्यो कार्यालयको हेरक काउण्टर र जन सम्पर्क हुने कोठामा स्वचालीत क्यामारा राखेर निगरानी गर्ने प्राविधिक अनुगमनको अचुक उपाए अबलम्बन हुने बताईयो ।

हाल सो कार्यालयका हरेक कोठा र हरेक टेबल माथी हरपल निगरानीका लागि स्वचालीत क्यामरा चलेका छन् अनि सेवाग्राहीहरु पनि क्यामरा मुनि नै दस्तुर र दक्षीणा दिन बाध्य छन । यो प्राविधिक प्रयोग पछि परिवर्तन नभएको होईन, परिवर्तन भएकै छ ….जनताहरुले कामको लागि सो कार्यालय धाउँदा उक्त अदृश्य प्राविधिकको समेत भाग थप गरी दस्तुर बुझाउन थालेका छन् ।

10 Responses to “परिवर्तन ”

  1. gckarki Says:

    दिलिपजी निकै सटीक र विस्तारै हाम्रै देशमा परिवर्तन पछि शुरू हुन लागेकेा कथा जस्तेा लाग्येा । छेाटेा अनि मिठेा लेख्नु भएकेामा मैले त धन्यवाद दिए है ।

  2. Aakar Says:

    हा हा हा !जसो गरे, जे गरे पनि ! यति धेरै परिवर्तन भएपछि, कसैको केही लाग्दैन !

  3. वेद नाथ पुलामी Says:

    कुकुर को पुच्छर १२ बर्ष ढुंग्रामा राखे पनि उस्तै भनेको नै यहि हो !

  4. Ashesh Says:

    ha ha ha !! sarai satik kura..

  5. सूर्य/सिकारु Says:

    कथाले अति रोचकपन र यथार्त झल्कायो दिलीप जी, कडक प्रस्तुतिको लागि धन्यबाद !

  6. Surath Giri Says:

    कथा सटिक र सानदर्भिक छ । तर मेरो मनमा लागेको एउटा कुरा । हाम्रा अभिब्यक्ती म सधैं गुनसा हरु मात्र झल्की रखेका हुन्छन् , किन कहिल्यै पनि हामी समाधान का लागि छल्फल गर्दैनौ? मलाई लाग्छ जब सममा हामी त्यस्तो कारयालयको "इन्सेन्टिब " प्रनाली म परिवर्तन ल्यौदैनौ तब सममा केही परिवर्तन हुने वाला छैन । र उक्त प्रनाली ल्याउन का लागि "लिन म्यनेजमेन्ट " को अवधारना ल्याउन जरूरी छ ।

  7. Dhruba Panthi Says:

    हाँस्नु कि रुनु खै, यथार्थ यस्तै छ। दस्तुर बुझाउनुपर्ने चलन हट्नु त कहाँ कहाँ, भाग खोज्नेहरु मात्रै बढेका देखिन्छन् यो वा त्यो बाहनामा।

  8. Prajwol Says:

    केही सीप नलाग्ने भयो, CCTC हेरेर बस्ने को भाग भने धन्न छुट्टाउनु परेनछ

  9. Prajwol Says:

    * CCTV

  10. Jotare Dhaiba Says:

    चोरमाथि चन्डालको थिति यही हो । थिति बिग्रिएपछि परमेश्‍वरको पनि केही लाग्दैन भन्थे, यो कथा पढेपछि अझ हेक्का भयो ।पूरापूर यही अवस्था त होइन, तर धेरै हदसम्म यथार्थको झल्को दिएको छ खाने विद्याको ।


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: