संस्कृति प्रेम

लोकगीत प्रतियोगिताको समापन समारोहमा गएर मन्त्रीज्यूले निकै सान्दर्भिक र सागर्भित भाषण दिए : “संस्कृति नै हाम्रो पहिचान हो…हाम्रो संस्कृति रहेसम्म मात्रै हामी रहन्छौं, संस्कृति नै रहेन भने हाम्रो अस्तित्व नै रहँदैन । त्यसैले हामीले हाम्रो संस्कृतिको सम्मान र संरक्षण गर्नु पर्छ …, …”

तालीको गडगडाहटद्वारा मन्त्रीज्यूको भाषणको स्वागत गरीयो । गन्यमान्य व्यक्ति र अन्य विद्वान वक्ताले उहाँको संस्कृति प्रेमको उच्च मूल्याकंन गरे । आफ्नो भाषा र संस्कृतिप्रति मन्त्रीज्यूको सदभाव र झुकाव देखेर उपस्थीत जनसमुदाय गद्गद् भयो ।

कार्यक्रम समापनपश्चात् मन्त्रीज्यू हतार हतार आफ्नो चिल्लो आरामदायी गाडीमा पसे । गाडीका ढोकाहरु ढाकढुक बन्द भए । मन्त्रीज्यूलाई बिदाइ गर्न आउनेहरु गाडी बाहिरबाटै हात जोडेर अभिवादन गर्दै थिए ।

गाडीभित्रको रेडीयोमा मधुरो स्वरमा यौटा पुरानो नेपाली गीत बजिरहेको थियो । चालकले गाडी स्टार्ट गर्नै लागेको थिए, मन्त्रीज्यूको आवाज आयो : “ खै, रामबहादुर, पहिले त्यो गीत बन्द गर त …!…यहाँपनि दुई घण्टासम्म पट्यार लाग्ने लोकगीत सुन्दा-सुन्दा दिक्क लागेको छ … बरु एफ. एम. लगाऊन, त्यहाँ नयाँ-नयाँ हिन्दी र अंग्रेजी गीतहरु बज्दै होलान ।”

(साप्ताहिक—२१-१०-२०५७)

12 Responses to “संस्कृति प्रेम”

  1. दिनेश राज Says:

    फेरि जोडदार गयो है कथा ।सुन्दैमा के होला त भन्ने सोच पनि आउन सक्छ । जान्नु र बुझ्नु त सबै कुरा राम्रो भन्ने कुरा नि ।तर संस्कृति प्रतिनै बेवास्ता गर्ने परिपाटी भने छ है तपाईंकै कथा जस्तो ।

  2. Aakar Says:

    कुरा एकदमै सहि हो ! हामी प्राय: यसै गर्छौँ ।😛

  3. Ashesh Says:

    दमदार लाग्यो लेखाई दाजू । यो तितो यथार्थ हो । हात्तीको देखाउने दाँत अर्कै र चपाउने दाँत अर्कै भनेजस्तो ।

  4. R Says:

    सत प्रतिशत सहमति ।

  5. Chaitanya Says:

    (ढोका बन्द गरेर चाहिं आदि इत्यादि सुन्न हुने आशय पो थियो कि मन्त्रीज्यूको ?) प्रतियोगितामै गएर सुनिसकेपछि फेरि कति सुनिरहनु त दिनभरि ? बरु भोलि के गर्छन, त्यो चाहिं लेख्नुहोला है |

  6. Dhruba Panthi Says:

    यस्तै छ हाम्रो संस्कृति प्रेम…

  7. दूर्जेय चेतना Says:

    हो त। हामी आडम्बरमा जीवन बाच्छौ। सधै सधै यस्तै छ। मलाई एउटा धटनाको याद आयो। युद्द चलिरहेको थियो नेपालमा। मेरो क्षेत्रका एकजना नेतालाई माओवादीहरुले बेस्करी कुटे र मर्‍यो भनिकन बासधारीमा फालेर हिडे… पछि अस्पताल काठ्मान्डू पुर्‍याईयो। मेरो ब्यत्तीगत चिनजानका मान्छे भएकाले फलफूल बोकेर बीर अस्पताल पुगे। म सगं राम्रै बोले उनी र वेटमा बसेरै कुरा गरे। निकै सन्चो भईसके छ भन्ने लागिरहेको थियो। लौ लौ सान्ती मन्त्री आउदै हुनु हुन्छ तपाईलाई भेट्न भनेर एक जना उनका चम्चेले के भनेका थिए।। नेता ज्यू त बेडमा पल्टेर, मुख छोपेर ऐया र आथ्था गरेर , हूहू.. हूहू… गर्न पो थाले त। हत्तेरीका त्यो १०० रुपैयाको फलफूल पनि फिर्ता लैजाउ जस्तो भएको थियो।।। तपाईको कथा सग यो धटनाको मुल मर्म ठ्याक्कै मिलेको ले निकै रमाईलो र चित्त बुझ्यो मेरो…

  8. Nepalean दौंतरी Says:

    एउटा पण्डितले सप्ताहमा माछा माछु खान हुन्न,यि शरिरलाइ फाइदा गर्दैनन,यि अशुद्द हुन यस्तै यस्तै भनेछन।घर फर्केपछी ' ल बुढी आज माछाको तराकरी पका त ' भनेछन। बुढी पनि के कम,भनिहालिछन,'अघी माछा मासु खान हुन्न भन्ने अहिले माछा खान्छु भन्ने?'। पण्डित पनि के कम,तुरन्त भनिहाले 'किताबको माछा पो खान हुन्न,खोलाको माछा त खान के भो रे?'अब के कुरा गराइ भो र कसो?दुर्जेय जी त्यो फलफुल त फिर्तै लानुपर्नेरहेछ।

  9. रमेशमोहन अधिकारी Says:

    राम्रो लघुकथा ! हाम्रा सामु यस्ता पर्याप्त विडम्बनाहरू छन् ,तिनलाई यसै गरी उदङ्ग्याउनुपर्छ ।

  10. Jotare Dhaiba Says:

    अपरम्पार ओठे लीला र थोत्रो व्यावहारिक जीवनले यहाँ पनि मज्जाले काम गरेछ ।आफ्नो ताल पुरानै हिसाबमा हुने, तर बोल्न र केही लोलोपोतो पेस गर्न किन बाँकी राखौँ भन्ने नवउदारवादी सोचको नतिजा होला यो चाहिँ । संस्कृति होस् या विकृति, पर्‍या बेलामा तिनले सबैमा वाणी दिन्छन् । नीतिनिर्माताको हकमा अझ निकै नजिक लाग्यो यो अवस्था । धेरैपछि कथा पढ्न पाइयो दाइ ।

  11. बेदनाथ पुलामी ( उमेश ) Says:

    हामी पनी यस्तै भनिन्छ होला "बरु एफ. एम. लगाऊन, त्यहाँ नयाँ-नयाँ हिन्दी र अंग्रेजी गीतहरु बज्दै होलान ।” -यथार्थ रहेको छ दिलीप जी !

  12. Basanta Says:

    यथार्थको सटीक चित्रण!


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: