सफल लेखक (लघुकथा)

Lekhak 1

उसलाई सानै देखि साहित्यमा एकदमै रुचि थीयो। उमेर र अनुभवहरु बढ्ने क्रममा उसको पढ्ने रुचि बिस्तारै लेख्‍नेतर्फ पनि मोडियो ।

आफ्नो देश, भाषा र संस्कृति प्रति अगाध प्रेम र लगाव भएकोले उसको रचनाहरुमा पनि देश-प्रेम, सौन्दर्यचेत र सामाजिक भावहरु प्रष्ट भेटिन्थे । उ यस्तै सामजिक भावना र देशप्रेमको वारेमा कथा, कविताहरु लेख्थ्यो: “हिमाली छाया”, “नेपाली माया” “सुनौलो बिहानी” आदि आदि । तर सम्पादकहरु उसका रचना पढ्न अल्छी मान्थे, पत्रिकाहरुमा उसको कविताले ठाउँ पाउँदैनथे र उसका रचनाहरु आफ्नै डायरीमा मात्रै सीमित थिए ।

बिस्तारै उसले बजारमा चल्ने साहित्यमा कलम चलाउन थाल्यो र अधुरो बिषय, असम्भव शीर्षक र बेमेल कथनहरुलाई आफ्नो रचनामा उतार्न थाल्यो : “हिंसक बुद्ध”, “खुकुरी काट्ने अचानो”, “लंगडाको जुत्ता” आदि आदि। अब बिस्तारै प्रकाशन गृहहरुमा उ चिनिन थाल्यो, पत्र-पत्रिकामा फाट्ट-फुट्ट उसका रचनाहरु छापीन थाले र उ ‘राम्रो लेख्‍ने’मा गनिन थाल्यो ।

हिजोआज, उसको कविता भन्दा कविताको शीर्षक लामा हुन्छन। उसको कथाको पहिलो अनुच्छेद र दोश्रो अनुच्छेदमा कुनै तारतम्य भेटिन्नन। उ निबन्ध जस्तो कविता, कथा जस्तो गीत र सम्बाद जस्तो समिक्षा लेख्छ ।

आजकल उ अमूर्त सर्जक दर्शन-लेखकको नामले चिनिन्छ र सामान्य मानिसको दिमागबाट छिर्न हम्मे हुने शीर्षकमा रचनाहरु लेख्छ: “चीसो आगो”, “लाटोकसेरोको सपना”, “भिसेनको पाखुरा र जंगली च्याँखुरा” आदि आदि। उसका रचनाहरु सम्पादकहरु मागी मागी छाप्छन, प्रबुद्धवर्गहरु खोजी खोजी पढ्छन र उसले कैयौं प्रशंसापत्र र पुरस्कारहरु पनि पाई सकेको छ ।

14 Responses to “सफल लेखक (लघुकथा)”

  1. दूर्जेय चेतना Says:

    राम्रो कुरा। तर त्यो बेलामा ब्लगको चलन रहेन छ कि क्याहो ? नत्र त जे आउथ्यो त्यही लेख्थ्यो अनी आँफै मक्ख हुन्थ्यो होला है? कमसेकम ब्लग भएको भए ख्यतीप्राप्त नभए पनि खराब लेखेक त हुदैन थियो होला है ?
    हाम्रो सामाजिक परिबेश त्यस्तैबाट चलेको छ ? बाँच्नको लागि गर्ने काम छैन,जानेको शिप त्यही लेख्ने थियो के गरोस,जे जान्यो त्यही तबरले आफ्नो चाहना नहुँदा नहुँदा पनि लेख्न पर्‍यो होला। फेरी आज कसैले नभुझ्ने लेख, कबिता लेख्नेलाई अमूर्त सर्जक र दर्शन-लेखक को रुपमा स्थापित गराउने चलन पनि छ नि।
    राम्रो अनी सरल पाराले लेख्नु भयो। धेरै धेरै धन्यवाद

  2. आकार Says:

    अब चाँहि मैले माने कि, उ अमूर्त सर्जक नै रहेछ । खै, ब्लगिङ मा त अहिलेसम्म यस्तो भा’को छैन होला है !

  3. >Jotare Dhaiba< Says:

    परिपाटी कति दयनीय छ है ! जति जटिल र अड्बाङ्गो भइयो, समाजको आँखासामु उति आकर्षण,चाख र जिज्ञासाको केन्द्रविन्दु भइने । लेखक मात्र होइन, यो अवस्था हाम्रो लोकको हरेक क्षेत्र र तप्कामा देख्‍न सकिन्छ । सीधा-सादा अस्तित्व र बनौटको त कुनै भाउ नै छैन ।

    लेखनको हकमा पनि हामीकहाँ (विशेषत: नेपालमा)गाह्रोसाह्रो भाषाप्रयोग, शब्दको अनावश्यक जोडजाड र तानतुनलाई नै चमत्कारसरि ‘वाह यस्तो पो त असली साहित्य’ भनेर चर्चा गर्ने गरिएको पाइन्छ । भर्खरै बामे पनि नसर्दैका लेखकहरू त्यस्ता दुरुह सिर्जनाले बखान पाएको देख्दा कथित अमूर्तताको भासमा नराम्ररी फस्न पुग्छन् । त्यसलाई एउटा सम्बावित प्रतिभाको अवसान भन्दा हुन्छ ।
    यस्तो विषयमा मार्मिक ‘टाँसो’ राख्‍भयो दाइले । मलाई त यो कथाभन्दा पनि व्यथा भन्न मन लाग्यो । सरल र रोचक प्रस्तुतिको सराहना गर्छु ।

  4. कृष्णपक्ष उज्यालोको खोजिमा Says:

    एकै चोटी सैयौं भावहरु उमार्ने यो कथा र कथामा बेमेल प्रयुक्त बेमेल कथनका शीर्षकहरु साह्रै रोचक लाग्यो । सुन्दर लघुकथाको लागी धेरै धन्यवाद !

  5. krishna Says:

    यो यूनिकोडमा टाइप गरेर पेस्ट गर्दा साह्रै गल्ती हुने गर्छ, यहाँ फेरी मेरो दोश्रो कमेन्टमा पनि गलत भयो यो चाही मेटने हिम्मत गरिन। फलानोले लेखेको कुरा मेट्यो है भनेर जानकारी दिईने रहेछ, केके न लेखेछ र मेटेछ भन्लान भनेर। “कथामा प्रयुक्त हुनु पर्नेमा, बेमेल प्रयुक्त भएछ” , अनि यसले अर्थ आकाश जमीनको फरक पारी हाल्यो, क्षमा माग्छु । जे होस कथा साह्रै घतलाग्दो मात्र हैन, सन्देश मूलक पनि छ र यसले हाम्रो समाजमा सफल लेखकको पगरी थमाउन जुन कसीको प्रयोग गरिन्छ त्यसमाथी गतिलो व्यंग्य हानेको छ।

  6. दीपक जडित Says:

    कथा गजब छँदैछ मित्रजनहरुको टिप्पणी पनि रोचक लाग्यो । कथाले वक्र गतिमा चल्ने लेखक , पाठक र समयलाई लोहारको एक चोट भनेझैं दनक दिएको छ ।

  7. Milan Says:

    राम्रो बिषय छान्नु भएको रहेछ |

    राम्रो भाब राख्नु र सुन्दर प्रस्तुति गर्नु एक आपसमा बेग्लाबेग्लै कुरा हुन् | मेरो विचारमा साहित्यमा राम्रो भाबको साथ साथै आकर्षक प्रस्तुति भयो भने सुनमा सुगन्ध हुन्छ | त्यसैले “चीसो आगो”, “लाटोकसेरोको सपना”, “भिसेनको पाखुरा र जंगली च्याँखुरा” आदि जस्ता शिर्षक राखे नि यदि उसको लेखन राम्रो भाबमा छ भने उसलाई नराम्रो भन्न मिल्दैन |

    तर चौथो प्याराग्राफको कुराले “उ” भन्ने लेखक अझ बढी बेसुरा हुँदै गएको जस्तो देखाएको हुनाले दाइले गर्न खोज्नु भएको सामाजिक व्यंग्य Justify को हुन्छ |

  8. wordflows Says:

    tara dilipji kati kura baadhyeta ma pani bhar parchha

  9. Basanta Says:

    हा हा हा! सटीक ब्यंग्य! त्यस्त लेखकहरुको चूरीफूरी बढी हुन्छ फेरि हाम्रो जस्तो समाजमा।

  10. dineshraj gyawali Says:

    यथार्थता । के गर्ने दिलिप जी , लेख्नको लागि बाँच्नेले ,बाँच्नको लागि पनि त लेख्नु पर्यो नि होइन ?

  11. Luna Says:

    कथा खुब मन पर्‍यो🙂
    अब किन मन पर्‍यो त्यो चाँही यहाँ कमेन्ट मा साथी हरुले लेखिसक्नु भएको छ ।
    ( दिलिप जि ले लेख्नु भएको कथा जती सबै दोहोर्याएर पढे । म त तपाईंको कथाको फ् यान नै भएकी छु । कस्तो राम्रो लेख्न आउने हो !!! )

  12. सिकारु Says:

    समय सापेक्ष ब्यङग् । साथिहरुको भनाइमा सहमति जनाउन चाहन्छु । यस्तै छ यहाँको चलन तर हाम्रो ब्लगिङको यात्राम यो कथाले छिर्ने अवार नपाओस ।

  13. Dilip Acharya Says:

    मेरो कथा पढेर यसलाई मन पराई दिने साथै यसको संरचनागत र व्यबहारीक पक्षको बारेमा कमी कमजोरी औंल्याई सल्लाह, सुझाव दिनुहुने सबैमा हार्दिक धन्यवाद् ।

  14. raj kc Says:

    nikai ramro


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: