स्याटेलाइट संस्कृति

Satellite Culture म नेपालको प्रतिनिधित्व गर्न विदेश जाने केहि विद्यार्थिहरुको चयन गर्ने काममा खटिएको थिएँ । मेरो अगाडि यौटा समृद्ध परिवारको जस्तो देखिने १४-१५ बर्षको केटा थियो ।

अन्तरवार्ताको क्रममा मैले उसलाई सोधें “ नेपालको राजधानी शहर कुन हो?”, “उडमाण्डु!” उसले पूर्ण आत्मविश्वाससाथ तर अति उदेक लाग्ने जवाफ दियो ।

“धत् , नेपालको राजधानी काठमाण्डौ पो हो त … ” मैले सम्झाउन खोजें “ खै, नेपालका केहि सञ्चार माध्यमले त त्यसै भन्छन त” उसले तर्क तेर्स्यायो ।

“यौटा परम्परागत चाडको नाम भन त” मैले दोस्रो प्रश्‍न राखें। “ भेलिन्टाइन्स डे” उसले उत्साहित हुँदै जवाफ दियो । “यो कहाँ नेपाली चाड हो र? … ” मैले अलि गम्भिर भएर प्रतिप्रश्‍न गरें । “खै, रेडियो र पत्रिकामा दशैं भन्दा बढि चर्चा गरीयो त”  उसले प्रमाण जुटाउन खोज्यो ।

“बुद्धको बारेमा केहि थाहा छ ?” मैले तेस्रो प्रश्‍न अघि सारें । “त्यो त हामीलाई पढ्नै पर्दैन” उसले अति सरलताले उत्तर दियो ।

आफ्नो सबै प्रश्‍नको सोचे भन्दा विल्कुल गलत जवाफ आएपछि अन्तमा मैले उसको परिचय मागें । उसले अघिल्ला सबै प्रश्‍नहरुको जवाफको कारण पनि छर्लङ्ग हुने गरी आफ्नो परिचय यसरी बतायो “ मेरो नाम अलवर्ट शर्मा हो, म क्रिश्‍चियन धर्ममा विश्‍वास गर्छु । हाल म विदेशी शिक्षक शिक्षिकाहरुद्वारा पढाईने यौटा अंग्रजी स्कुलमा पढ्छु । फुर्सतको समयमा स्टार टि.भि. हेर्छु, ईन्टरनेट चलाउँछु र एफ. एम.का कार्यक्रमहरु सुन्छु ।

14 Responses to “स्याटेलाइट संस्कृति”

  1. दूर्जेय Says:

    अनी त्यस्तो स्कूलिङ भए पछी के गरोस बिचरा। नेपाली भाषाको हाल पनि त्यस्तै छ ल। धन्न बुद्ध ईन्डिया को हो भनेन छ शायद ईण्डियन मास्टर रहेन छ बिचराको नत्र के बेर। हालको वास्तविक चित्रण।

  2. कृष्णपक्ष उज्यालोको खोजिमा Says:

    हो वास्तविकता यही हो,यसरी नै विस्तारै अलबर्टको पीढीले बिस्थापित गर्दैछ हामीलाई, र प्रतिनिधित्व गर्दैछ नेपालको !

  3. शेखर के सी Says:

    अबको पिडीहरु यस्तै नहोलान् भन्न सकिदैन। त्यसले देशकै अस्तित्व धरापमा पार्छ जस्तो लाग्छ मलाई ।

  4. आकार Says:

    अत्यन्तै सटिक र एकदमै मार्मिक !

    धेरैले याद नगर्ने तर दुरगामी प्रभाव पार्ने, यो विषय उठाउनुभएको मा धन्यवाद !

  5. बेदनाथ पुलामी ( उमेश ) Says:

    परिवर्तित नेपाली को जीवन शैली नि हजूर ……………
    उ काहा गलत छ र ? समाज , समय र हामीले लिएको एजुकेसन को इफ्फेक्ट हो नि !

  6. Prabesh Poudel Says:

    सबै काम यस्तो गर्दोरहेछ अनि के थाहा पाओस् त्यसले नेपली मौलिकता ? तर एफएममध्ये रेडियो सगरमाथा चैँ एकदम राम्रो लाग्छ है दिलीप दाइ मलाई !! नेपालीबाहेक कुनै भाषा प्रयोग हुँदैन अनि एकदम बौद्धिक कार्यक्रम हुन्छन् धेरैजसो !!

  7. सिकारु Says:

    अब अध्यापन नै यस्तै भएपछि अनुशरण पनि त त्यस्तै हुनेनै भयो ।
    बर्तमानमा लघुकथा भएपनि यो कथा दिर्घकालिन तितो सत्य भएर उदाउन नसक्ला भन्न सकिदैन ।

  8. cheeju Says:

    बिदेशी शिक्षक शिक्षिका द्वारा सन्चालित राम्रो बोर्डिङ स्कुलमा आफ्नो बच्चा पढाएको छु भनेर गर्व गर्ने हामी सोझा साझा नेपाली हरुलाई एउटा गतिलो झापड छ यो लघुकथा ।
    आफ्ना बाल-बच्चाहरु लाई के पढाउनु र खै यस्तो स्कुलमा? नतिजा यस्तो आएपछि, होईन र ?
    धन्यबाद दिलिपजी कथाको लागी

  9. प्रबिण थापा Says:

    sundar prastuti dilip ji! man chhoyo.

  10. दीपक जडित Says:

    माथी आकारजीकै कुरामा सहमत – धेरैले वास्तै नगरेको तर गहिरो असर पारिसकेको विषमा लेख्नुभएको छ यो कथा । ( पढेको पहिले नै हो बल्ल कमेण्ट लेख्दैछु ! अल्छे भा’छु म । )

  11. Kamaladi Says:

    परिवर्तन प्रकृतिको नियम हो, कुनै कुरा स्थाहि हुंदैन । तर अनावाश्यक परिवर्तन को कारक र परिवर्तन को स्वरुप भने शायद सच्चाउन मिल्ला कि !

  12. Anonymous Says:

    thanks for the blog….

  13. Luna Says:

    ब्यङ्यात्मक शैली मा लेखिएको यो कथाको मर्म ले मार्मिक सन्देश बोकेको छ ।

  14. Hari Says:

    के थाहा पाओस् त्यसले नेपली मौलिकता ?


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: