विडम्बना

bidambana

उसले निकै मेहनत गरेर मात्रै आफ्नो पढाइ पूरा गरेको थियो । घर-गाउँ छाडी काठमाण्डौमा बसी पढ्दा आर्थिक समस्याले पनि उसलाई सधैं सताउँथ्यो, जे होस् निकै संघर्षपूर्ण तरिकाले उलसे कानुनमा स्नातक गर्‍यो ।

पढाइ सक्काउन त गाह्रो छँदैथियो, काम पाउन उसले झनै मुश्किल महसुस गर्‍यो । महिनौंको शीष्टाचार र अनेकौं पत्राचारले पनि काम नपाएपछि उसले आफ्ना अरु दुईजना साथीसंग मिलेर ‘ल फर्म’ खोल्ने निधो गर्‍यो ।

जसो-तसो २-३ महिनाको बहाल जम्मा गरी उसले पाएक पर्ने ठाउँमा यौटा अफिस खोल्यो । अनी कार्यालयको बाहिर यौटा बोर्ड झुण्यायो: “यहाँ कानुनी सल्लाह दिईन्छ”, कार्यालय भर्खरै खोलेको र कोठामा भएको फोनको पनि अधिकतम उपयोगिता लिन साईनबोर्ड मुनि सानो अक्षरमा थपियो “साथै टेलीफोन सेवा पनि उपलब्ध छ”

दिन बित्दै जाँदा, कानुनि सल्लाह लिन आउनेको भन्दा फोन गर्न आउनेको संख्या बढ्दै जान थाल्यो । शुरु शुरुमा भाडा उठाउन पनि मुश्किल हुनेमा बिस्तारै बहाल तिरी केहि मुनाफा समेत हुन थाल्यो ।

केही समयपछि एकदिन उनिहरुको बीचमा गम्भीर छलफल भयो। त्यसको भोलिपल्ट उनीहरुको साईनबोर्ड परवर्तन गरिएको थियो:- “यहाँ एस. टी. डी. र आई. एस. डी. सेबा उपलब्ध छ” अनी साईनबोर्डको अलि तलपट्टि सानो अक्षरमा लेखिएको थियो ‘साथै यहाँ कानुनी सल्लाह पनि दिईन्छ।’

(गोरखापत्र २५-०२-२०५८)

13 Responses to “विडम्बना”

  1. Milan Says:

    ओकील पढेको मान्छेले ओकिल्याईं गरे बढ़ी दक्षता देखाउला, तर पि.सी.ओ. चलाउंदा बिडम्बना नै हुनुपर्ने स्थिति चाहीं म देख्दीन …. तर पढेर हलो जोत्नु नहुने मान्यता बोकेको समाजमा हुर्केको हुनाले हामीलाई यस्तो महसूस हुनु चाहीं स्वभाबिक हो…

    जे होस कथाको प्रस्तुति करण र सरल वाक्य संरचना चाहीं मलाई मनपर्यो… यो बिषयमा मैले दाईसंग सिक्नु पर्ने कुरा धेरै छ…

  2. एकल यात्री Says:

    जसबाट नाफा हुन्छ व्यवसाय (business)
    त्यसैको त हुन्छ नि । कि कसो ?

  3. aAkaR Says:

    बडो गज्जब को कुरा पो गर्नुभो त !
    जेहोस्, यसलाई पनि नराम्रो मान्न सकिन्न ! केही नहुनु भन्दा केही हुनु त राम्रै हो !

  4. Basanta Gautam Says:

    सटीक छ कथा! हामी सबैको यथार्थ पनि थोर बहुत यस्तै-यस्तै हो। सोचिएको हुन्छ एकथरी, भईदिन्छ अर्कोथरी।

  5. >Jotare Dhaiba< Says:

    विडम्बनाको सन्दर्भमा मानवीय जीवनको सङ्घर्षकालमा अटुट पाटो पो हो कि यो जस्तो लाग्छ । आफू ताक्छु मूढो, बन्चरो ताक्छ घुँडो हुने स्थिति भए पनि कथामा चाहिँ जसोतसो जीविकाको सवाल भएकाले पेसा र उद्देश्यिक मुद्दामा खासै फरक नपार्ने देखिन्छ ।
    जीवनको मर्मान्तक नियति कथामा राख्‍नुभएको निकै खुलेको छ ।

  6. Bikran Says:

    के गर्ने बाँच्न को भने सि २०५८ साल मै वोकिल हरु को हालत त्यस्तो थ्यो भने अहिलेझन के होल ।

  7. दीपक जडित Says:

    यौटा उध्येश्यमा जीवनको उर्वर समय खर्चेर अर्कै आसयमा जीवन ब्यतित गर्नुपर्ने नियतिको राम्रो चित्र ।

  8. सिकारु Says:

    साथिहरुले भने झै जिवनमा सोच अनुरुप सफलता हासिल नभएर कम महत्वकांक्षा राखेको कुराले दिएको परिवर्तन् । साथै सम्बन्धित बिषयको दक्षता बाहेक जुनै पनि पेशाका लागि समान सोचको अवधारणा राख्नुपर्ने सन्देश बोकेको मीठो प्रस्तुति ।

  9. बेदनाथ पुलामी ( उमेश ) Says:

    यथार्थ झै लागने सरल प्रस्तुति – कसो ‘एस. टी. डी. र आई. एस. डी. सेबा उपलब्ध छ’ भनेका दिन देखि …. व्यापार ठप भएन ?

  10. Prabesh Poudel "उजेली" Says:

    मनपराउँ कि मन खिन्न बनाऊँ ? द्विविधा भयो मलाई !! मन नपराऊँ त दाइले यति मजाले लेख्‍नुभाको छ, मन पराउँ त देशको हरिविजोग ! आन्तरिक द्वन्द्व जन्माउने कथा भयो मलाई त !!

  11. बिमल गिरी Says:

    साह्रै राम्रो प्रस्तुती,शब्द सम्योजन झनै राम्रो।
    अतिनै मन पर्‍यो। श्रीजनामा कमी नहोस् कैले पनि।
    नयाँ बर्ष २०६६ को शुभकामना।

  12. Sadhana Sharma Says:

    बिडम्बनै त खासै लागेन मलाई पनि, केही नपाउनु भन्दा केही त पायो नि उसले!! कथा चैं सटिक लाग्यो मलाई पनि, लघुकथा पढ्ना को मजै बेग्लै हुन्छ!!

  13. Nirajan Bhattarai Says:

    Tyo jindagi khoi ke jindagi? Malai ta tith lagera aayo.


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: