अहंकारको मन्दिर

Mandirत्यहाँ यौटा मन्दिर बन्दै थियो। गाँउमै धार्मिक र समाजसेवी भनेर चिनीएका एकजना भलादमीले आफ्नै निजि खर्चमा सो मन्दिरको निर्माण गर्न लागेकाले ति भलादमी निकै व्यस्त देखिन्थे र निर्माण स्थलमा बसेर सबैलाई छिटो छिटो काम गर्न हौस्याई रहन्थे ।

एक दिन यस्तै छिटो काम गर्ने हतारोमा यौटा डकर्मीले मन्दिरको सीढीं नै अलिकता बाङ्गो बनायो । डकर्मीले डराई डराई सो कुरा ति धार्मिक व्यक्तिलाई बतायो । “सीढीं अलिकता बाङ्गो भएर के भो र?, तल माथी गर्न मिले त भै गो नी … ” उसले निक्कै सरलताका साथ डकर्मीको गल्तिलाई पन्छायो ।

अर्को दिन कामको चटारोमा टुँडालमा कुदीएको बुट्टा नै बिग्रियो, तर सिकर्मीले माफी माग्नु अगाडी नै ति भलादमीले “… काम गर्दा गल्ति त भै हाल्छ नी, … यसलाई पछि सुधारौंला नी …” भनेर सिकर्मिको ढाडस बढाए ।

उता निश्चित दिनमै मुर्ती अनावरण नगरी नहुने उच्च दबाबमा मुर्ती कुँद्‍दा कुँद्‍दै मुर्तिको आँखा पनि सानो ठुलो बन्यो । शान्त स्वभावका ति भलादमीले उल्टै “शास्त्रले पनि भावे हि बिद्येते देवो … भनेर भाव मै जोड दिएको छ, मुर्ती त केवल यौटा प्रतिक मात्रै त हो नी !” भनेर मुर्तिकारलाई आश्वस्त बनाए । मन्दिर निर्माणमा लगेका सबैजना उसको विद्वता, शान्त स्वभाव, धार्मिक आस्था र शास्त्रीय ज्ञान देखेर ओतप्रोत भएका थीए ।

त्यस्तैमा निश्चित समयमै मन्दिर बन्यो र मुर्ती पनि स्थापनाकोलागी तयार भयो ।ति धार्मिक व्यक्तिले देशकै ठुलो नेतालाई ल्याएर मन्दिरको धार्मिक उत्सबकासाथ अनावरण गराउन लागेका थिए । नभन्दै तोकीएको दिनमा देशका उच्च पदस्थ नेता आए र मन्दिर अगाडी बनेको शिलालेखबाट रातो कपडा हटाएर सो मन्दिरको उद्घाटन गरे ।

ति धार्मिक व्यक्तिको नजर अचानक सो शिलालेखमा कुँदीएको आफ्नो नाममा पुग्यो, छिना अलि बढि मारीएर त्यसमा उसको नाम अलिकता धमिलो र अस्पष्ट भएको रहेछ । यो देख्‍ने बित्तीकै तिनको ब्रह्माण्ड खल्बल्लीयो र रिसले तिनको आँखा राता राता भए। अनी रिस थाम्नै नसकी तिनि मुठ्ठी बटार्दै कराए “ हैन! यो कसले लेखेको हो?,  हात बाङ्गीएको …आँखा फुटेको …” ।

10 Responses to “अहंकारको मन्दिर”

  1. उजेली Says:

    कति चैँ मिठो लेख्‍नुभएको दिलिप दाइ !!

  2. दीपक जडित Says:

    साह्रै गजबको लघुकथा ।

  3. Basanta Gautam Says:

    गज्जब छ! हाम्रो समाजमा ‘समाजसेवा’मा धेरै-थरी ‘मेवा’ हरु घुलेर रहेका हुन्छन्। बडो सटीक प्रस्तुति गयो दाइको!

  4. आकार Says:

    “अहंकार” शब्द जो पर्‍यो !

  5. Sumiran Says:

    पन्डितहरुमा निहित अहंकारको शास्त्रीय उदाहरण !

  6. बेदनाथ पुलामी ( उमेश ) Says:

    उच पद र ओहदाका मान्छे को अहंकार लाइ सरल रुपमा प्रस्तुत गर्नु भएको रहेछ ।

  7. DEEPENDRA Says:

    Indeed an impressive, realistic and biting story! As most of your short stories, I liked this too.

  8. सिकारु Says:

    दिलिप् जी निकै राम्रो लघुकथा पस्कनुभएको छ।
    अझै प्रगतिको कामना ल ।

  9. Jotare Dhaiba Says:

    अन्तिम निकास नआउन्ज्याल जिज्ञासाले कुत्कुत्याइरह्यो मन । व्यक्तिपूजाको रखवारीले अरू सबै उल्टापुल्टालाई गौण मानेर पचाए पनि आफ्नो सानोसम्मन् हुर्मत लिएको कसरी पो सहन सक्थ्यो र ? यस्तो चरित्र समाजका अलि इज्जतदार भनी कहलिएका गन्यमान्य वर्ग नै हुन् । मानौँ तिनको हेराइमा इज्जत भन्नाले बोक्रे प्रदर्शनी र रवाफ नै हो । तर आफ्नो सहिसक्नुको हरक तिनले आफ्नै व्यवहारबाट साबित गर्छन् । प्रभावशाली कथानक टिप्नुभएछ । सामाजिक सत्पात्रको नाममा त्यसैको आड लिएर स्वयम्-पूजा गर्ने त्यस्ता नमूना धार्मिकहरूलाई ठीक बाटोमा सोझ्याउने तिनै बाङ्गिएको हात, फुटेको आँखाले नै हो ।

  10. एकल यात्री Says:

    समाजसेवाको नाममा मन्दिर बनाउनु नै किन ?
    सेवा बिना आफूलाइ समाज सेवी भनाउनु किन ?

    यद्यपि कथाले मन छोयो ।
    कुरीतिमाथिको व्यंग्य हो भन्ने मैले बुझेँ ।


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: