अघटित यथार्थ

Aghatit Yathartha यौटा लामो दूरीमा चल्ने बस सडकबाट निकै तल खोलामा खसेर दूर्घटनाग्रस्त भयो । बसका सबै यात्रीहरुको मृत्यु भएको खबर फैलियो । टिकट काट्नेहरुको नाम जाँचेर हेर्दा देशका एकजना लगनशील लेखक पनि त्यो दूर्घटनामा परेको खबर खुल्यो ।

तुरुन्तै सबैतिर सोकसभाहरु आयोजना भए । पत्र-पत्रिकामा उनका बारेमा प्रशंसाले भरिएका लेखहरु छापिए । उनले गर्दै रहेको साहित्य सेवाको सबैतिरबाट प्रशंसा गरियो र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको घोषणा गरियो ।

यौटा सामाजिक संस्थाले स्वर्गीय लेखकको सम्मानको लागी उनको यौटा सालिक बनाउने कुरा उठायो । अर्को यौटा निर्णायक मण्डलले उनलाई मृत्युपर्यन्त विशेष पुरस्कार दिने निर्णय सुनायो । विभिन्न पत्र पत्रिकाहरुमा पहिले पन्छाईएका उनका लेख रचनाहरु नामको अगाडि ‘स्व’ लेखेर धमाधम छापिन थाले ।

त्यत्तीकैमा एकदिन मृत घोषित लेखक जिउँदै घर फर्के। दूर्घटनाग्रस्त बस हिड्ने समयमा ‘बस स्टप’ पुग्न नभ्याएकोले बस छुटी आफू बचेको कुरा उनले सार्बजनिक गराए ।

त्यसको तुरुन्तै शालिक बनाउन अग्रसर संस्थाले ‘जिउँदै व्यक्तिको शालिक बनाउन हुँदैन’ भनेर शालिक बनाउने योजना रद्द गर्‍यो । पुरस्कार दिन तम्सने निर्णायक मण्डलले पनि अर्कै स्वर्गीय

प्रतिभालाई पुरस्कार दियो । उनका लेख रचनाहरु पत्रिकामा छपाउन सम्पादकहरु पुन: अन्कनाउन थाले ।

यसरी मृत्युको खबरले प्रसिद्ध भएका लेखकको चर्चा बिस्तारै हराउँदै गयो र उनको जिउँदो अस्तित्व फेरी भिडमै बिलायो ।

(मधुपर्क – लघुकथा अंक २०५६)

9 Responses to “अघटित यथार्थ”

  1. Basanta Gautam Says:

    यथार्थपरक र समसामयिक कथा छ। कुनै कविले लेखेका छन्,
    बाँचुञ्जले खान नपाई चाऊरी परे गाला
    मरेपछि कविका लाशमाथि-
    बर्सन्छन् फूलका माला
    यस्तै भाव दिन सफल छ यो लघुकथा पनि।

    एउटा कुरा दिलिप दाइ, यो ‘मृत्युपर्यन्त’ले ‘नमरुञ्जेलसम्म’ भन्ने बुझाऊँछ हैन र? ‘मरेपछि’ भन्ने बुझाउनलाई त ‘मरणोपरान्त’ ठीक होला।
    म गलत पनि हुनसक्छु।

  2. आकार Says:

    यथार्थ यही हो, नेपाली साहित्यकारहरु को ।
    *मरणोपरान्त नै सहि ठहर्छ, मृत्युपर्यन्त भन्दा !

  3. Dilip Acharya Says:

    बसन्त जी, आकार जी !
    प्रतिक्रिया र गल्ति औंल्याईदिनु भएकोमा धन्यावाद् । यहा ‘मरणोपरान्त’ नै सहि हो । (मेरो त ध्यान पुगेन-पुगेन, मधुपर्कका सम्पादक मणडलको त ध्यान पुग्नु पर्ने हो! खै सबै उस्तै रहेछन)

    यसलाई पछि सच्याउँला (अहिले सच्यायो भने तपाइहरुको कमेण्ट बेमेल देखिन्छ)।

    धन्यवाद्।

  4. बेदनाथ पुलामी ( उमेश ) Says:

    Derai ramro- yo chaahi kura sahi garnu bho . jiudo hunjel nana bhati bhanne ani mare pa6i …yestai 6 yahako chalan????
    bhan6an ni ! ‘ mareko baaulaai -…..khaau babu …ra’ bhane jasto .
    tito yathaar tha….

  5. दीपक जडित Says:

    लघुकथाहरु राम्रा , चोटिला लाग्छन् तपाईंका यो पनि साह्रै मन पर्यो ।

  6. बिमल गिरी Says:

    Dilip ji,
    Namaskar.Tapaiko lagu katha chhota ra mitha ani padhna layekchhan.Please keep it up.

  7. जोतारे धाइबा Says:

    … र उनको जिउँदो अस्तित्व भीडमै बिलायो ।

    खाँट्टी हाम्रो खिरिलो संस्कारलाई सटीक कथानकमा ढाल्नुभएछ । असाध्यै चित्त बुझ्यो । नेपाली ढाँचाको मानमनितो शैली काटीकुटी यही नै भइआएको छ । कथा पढिसक्दा यस्तो लाग्यो, हाँसोउठ्दो विडम्बना । यहाँको विडम्बना यही हो । बाँचुन्जेल केही पाउनु छैन, मरेपछि शेष नागको जिब्रो फाट्ने बयान र जब्बर सालिकले पनि थाम्नै नसक्ने माला ! यही कुरालाई अलि पल्टाएर झन् यो दरिद्र संस्कारको पर्दाफास गर्नुभएछ ।
    र हामी अद्यापि लेखिरहेछौँ । सायद त्यही बाटोमा सम्मान थाप्नलाई…।

    11/12/08 16:41

  8. एकल यात्री Says:

    प्रतिभाले सम्मान पाउन मर्नै पर्छ यहाँ ।
    घीउ नआए औला बांगो गर्नै पर्छ यहाँ ।

  9. एकल यात्री Says:

    Let the world be heaven
    No hell
    No criminal
    No jail
    Joy and Peace
    No fear
    May dream come true
    HAPPY NEW YEAR


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: