खैरो चरित्र

संसारको कुनै कुनामा यौटा अनौठो गाँउ थियो । त्यस ठाँउका मानिसहरु शारीरीक रुपमा अन्य स्थानका भन्दा केहि फरक नदेखीए पनि यौटा अनौठो प्राकृतिक चिन्हका कारण उनिहरु अन्य स्थानका मानिसहरु भन्दा भिन्न थिए ।

त्यहाँ जन्मने हरेक व्यक्तिको निधारमा जन्मजात नै यौटा गोलो टिका जस्तै खत हुन्थ्यो र त्यो नै त्यहाँको बिशेषता थियो । असल चरित्रका व्यक्तिको निधारमा सेतो खत हुन्थ्यो भने खराब चरित्रको व्यक्तिहरुमा त्यो खत कालो हुन्थ्यो । यसरी प्रकृतिले नै असल र खराब व्यक्तिको पहिचान गर्राई दिएकोले खराब चरित्रका व्यक्तिहरु समाजमा खुल्ला निक्लेर गलत कार्य गर्न हच्कीन्थे भने असल चरित्रका व्यक्तिहरु आफ्नो सदगुणका कारण शान्त र स्वतन्त्र हिँड्थे ।

समष्टिमा त्यो गाँउ अन्य स्थानको तुलनामा निकै शान्त , शुरक्षित र शुन्दर थियो ।

केहि समय यता त्यहाँ केहि फरक व्यक्तिहरुको प्रबेश भयो , उनिहरुको निधारमा कालो वा सेतो नभई खैरो-खैरो खत देखिन्थ्यो ।

यी खैरो खत भएकाहरु दिनको उज्यालोमा आफूलाई सदाचारीको हिमायति बताउँदै सेतो खतवालाहरु संग हिडंथे भने रातको अध्याँरोमा आफू पनि कालो खतवाला भएको बताँउदै खराब गुटसंग व्यस्त हुन्थे ।

यसरि बिस्तारै त्यस ठाँउमा असल र खराबको पहिचान गर्न गाह्रो हुन थाल्यो र बिस्तारै समाज अस्तव्यस्त हुन थाल्यो ।

हाल त्यो गाँउमा खैरो खतवालाहरुको जड यति बलियो भैसक्यो की उनिहरुले ‘सेतो खत हुनेहरु नै खराब हुन’ भन्ने बिचार समाजमा लादन थालीसके ।

आजकल सेतो खतवालाहरु रातमा हैन दिनमा पनि डर्राई डर्राई निस्कन्छन् , कालो खतवालाहरु पनि अचानक आएको अप्रत्यासित परिबर्तनले गर्दा रनभुल्लमा परेकाछन भने खैरो खतवालाहरुले विस्तारै पुरै गाँउलाई नै गाँज्दैछन ।

11 Responses to “खैरो चरित्र”

  1. Deependra Says:

    Interesting story! and sarcastic remarks to the pre-eminent segment of our society. Loved it.

  2. बेदनाथ पुलामी ( उमेश ) Says:

    Very nice . All life is black & white by Brown (sugar) – in this story I found that same like as Nepal. First it was good & now …………….?

  3. कलमबीर_घोताने Says:

    पहिले पो सक्कली के हो, नक्कली के हो छुट्टयाउन सजिलै सकिन्थ्यो, अहिले जमाना नै यस्तो भएको छ अब के भन्ने होला, को कस्तो छुट्टयाउनै गाह्रो। मान्छेहरु देखि लिएर सर-सामानहरु पनि।
    जेहोस् तपाईको लेखमा यथार्थको रस भएकोले होला,कस्तो मीठो लाग्यो! आगामी दिनहरुमा पनि रमाइलो र स्वादिलो लेखहरु पढ्न पाउँ।

  4. आकार Says:

    यो संसार को नियम नै यस्तो छ अनि यसरी नै विकास हुँदै आइरहेको छ ।
    पुराण सुन्दा एउटा कथा खुबै दोहोर्‍याउँछन्, पण्डितहरु:
    एउटा को बारिमा रोपेको फर्सी अर्को को बारी मा गएर फलेछ । अनि त्यो फर्सी दुबैले आफ्नो हैन, तपाईको चाँहि हो भन्दारहेछन् । एउटा भन्दोरहेछ: तपाई को बारीमा फलेकोले यो फर्सी तपाइको हो, अनि अर्कोले भन्दोरहेछ: तपाँइले रोपेको भएर फर्सी तपाईँ को हो । यतिखेर सम्म सत्ययुग नै थियो रे, तपाई को तपाई को भनेर दुबैले आफ्नो हकदावी गरेनन् रे तर बिहान उठ्दा कलियुग लागेको थियो रे: अनि दुबै हानाथाप गर्न लागे रे, फर्सी मेरो हो भन्दै । एउटा भन्छ रे: मैले रोपेको फर्सी मेरो नै हुन्छ । अनि अर्को भन्छ रे: मेरो बारीमा फलेको भएर फर्सी मेरो नै हुन्छ ।

    ——-
    जमाना यस्तै छ भनेर चित्त बुझाउनु पर्छ, अब । अब प्राय: सबैमा मैले खैरो चरित्र देख्नथालेको छु । जतागयो उतै ठिक्क, के गर्नु अहिले जतागयो त्यतै ठिक्क भएन भने बाँच्न कठिन नै छ ।
    ———
    * सत्य पछि कलि नआएपनि, मैले लेखेँ है !

  5. Dilip Acharya Says:

    दिपेन्द्र जी, बेदनाथ पुलामी (उमेश) जी, कलमबीर_घोताने जी र आकार जी !

    कमेण्टको लागी धन्यवाद् ।

    पक्कै पनि समय पनि त्यस्तै छ र केवल ‘सेतो’ वा ‘कालो’ हुनुभन्दा ‘खैरो’ हुदाँ बढि फाईदा हुन्छ जस्तो लाग्छ मलाई पनि ।

    अनी रमाईलो पौराणिक कथा समेत राखेर विषयलाई अझ रोचक वनाईदिनु भएकोमा आकार जी लाई पून एक पटक धन्यवाद सहित!

    दिलीप आचार्य

  6. उजेली Says:

    कथा धेरै राम्रो लाग्यो तर कमेन्ट नै लेख्‍न आएन । जे होस् मज्जाले चित्त बुझ्यो ।

  7. Bimal Giri Says:

    दिलीप जी नमस्कार।
    आज म तपाईंलाई अनुमतिनै
    नमागी सुटुक्क छिर्दैछु तपाईंको
    बगैचा भित्र। भाटे कारबाही नगरनुहोला है।
    दिलीप जि,तपाइको साहित्यिक खुराकहरु
    जताततै पढ्न पाउदा खुशीछु। निरन्तर अगाडि
    बढीरहनुहोला। शुभकामना।

  8. Dilip Acharya Says:

    बिमल जी !

    सर्ब प्रथम त मेरो ब्लममा स्वागत तथा अभिवादन ।
    तपाईको प्रतिक्रियाले मलाई नया उर्जा दिएको छ ।

    धन्यवाद् ।

  9. badri Says:

    Really this is suitable for us(nepali). We easily follow the others speech and never try to study good or bad.

  10. sanju silwal Says:

    very nice story ……. like nepal

  11. Himendra kshetri Says:

    hi Dilip Acharya G,

    Sarai ramro article as a time keep it up sir,


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: