यहाँ यस्तै हुन्छ (सूत्रकथाहरु)

एक

यौटा भेडा पानीमा हामफाल्दा सय वटा भेडा पछि पछि हामफाल्ने कथा बिद्यार्थीलाई पढाएर शिक्षक कक्षाकोठा बाट बाहिर निस्केका मात्रै थिए । बाहिर बाटोमा ५-७ जना अगुवाको पछाडी हजारौंका संख्यामा झण्डा बोकेका मानिसहरु यन्त्रबत् ‘जिन्दाबाद!’ र "मुर्दाबाद" को नारा लगाएर हिडदै गरेको देखीयो ।

दुई

देशमा शान्ति बहाली गर्न भनी बिभिन्न समूहले बृहत शान्ती र्‍यालीको आयोजना गरे । र्‍यालीमा बिसाल जन सहभागीता भए पछी सो सफलताको ‘जश’ कसले लीने भन्नेमा भनाभन र बाद बिबाद भयो सोहि क्रममा मुठभेड र झडप हुदां एक सय भन्दा बढि मानिस र्घाईते भएको खबर साँझको पत्रिकामा निस्क्यो ।

तीन

आफ्नो देश भनेपछि हुरुक्कै हुने र देश भन्दा माथी केहि पनि हुनै नसक्ने बताउने केहि समूहले देशकोलागी ‘एक’ हुने ऐतिहासिक निर्णय गरे । देशलाई स्थाईत्व दिने र प्रगतिपथमा लम्काउने यौटा बेजोड योजना पनि आफूसंग भएको कुरा एकताबद्घ समूहका नेताहरुले प्रेस विज्ञप्ती मार्फत पत्रकारहरुलाई जानकारी गराए । पत्रकारहरुले उक्त "बेजोड योजना" को बारेमा अलि बढि प्रकाश पार्न अनुरोध गरे । एकताबद्घ समूहका नेताहरुले एकैछिन कानेखुशी र बिचार बिमर्श गरे अनी सो योजना हाल स्विकृतिको लागी बिदेश पर्ठाईएको र बिदेशबाट पारीत भएर प्राप्त हुनासाथ तुरुन्तै र्सार्बजनिक गरीने बताए ।

2 Responses to “यहाँ यस्तै हुन्छ (सूत्रकथाहरु)”

  1. basanta Says:

    दामी छन्! सबैभन्दा मन परेको चाहिँ पहिलो।

  2. यहाँ यस्तै हुन्छ (सूत्रकथाहरु) | साहित्य संग्रहालय Says:

    […] (सभार :- Laghukatha) […]


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: