मर्द

ऊ किसोर अबस्थाकै थियो, स्कुल जिवन मै उसको एकजना सहपाठीले उसलाई एक दिन चुरोट खान उक्सायो। शुरुमा उसले मनाहि गर्न खोज्यो तर उ भन्दा केहि ठूलो उसको साथीले सिधै उसको हीम्मतलाई लकार्‍यो : ” चुरोट खान पनि के केटी जस्तो लजाएको ?”, उसको साहश बढ्यो र उसले चुरोट तान्न शुरु गर्‍यो । चुरोट तान्दा अली अली खोकी लाग्थ्यो तर प्रत्येक चुरोट सल्काउँदा उ आफूलाई ठूलो मान्छे भएको ठान्थ्यो ।

केही समयको निरन्तरता पछी उसलाई चुरोटले मजा दिन छाड्यो, अनी एकदिन अर्को यौटा साथीले उसलाई गाँजा तान्न सुर्‌यायो। उसले आनाकानि गर्‍यो तर साथीले उसको पौरुषमा प्रहार गर्‍यो : ” चुरोट त स्वास्नी मान्छेले पनि खान्छन् शिव बुटी तान्ने पो केटा त” उसको पौरुष जाग्यो र उ बिस्तारै चुरोट संगै गाँजा पनि तान्न थाल्यो । गाँजाले शरिर कमजोर बनाउँदै लग्यो तर पनि हरेक कस गाँजा तान्दा उ आफैलाई पूर्ण पुरुष भएको मान्दथ्यो ।

त्यसपछी पनि कहिले बहादुरी देखाउन त कहीले कमजोरी लुकाउन उ चुरोट, गाँजा र जाँड, रक्सी लगाएतका सबै पुरुषत्व झल्कीने पदार्थको सेवन गर्न थाल्यो । यसरी ठूलो मान्छे, पूर्ण पुरुष र मर्द बन्ने प्रयाशमा उसको शरिर नराम्ररी बिग्रियो र तिस पैतीस बर्षकै उमेरमा उ असक्त रोगी र कमजोर भयो ।

एकदिन बिरामी परी ओछ्‌यानमै पल्टी पल्टी सडक तर्फ हेर्दा उसले धूमपान, मद्यपान केहि नगर्ने एकजना जवान र स्वस्थ युवकलाई बाटोमा हिड्‌दै गरेको देख्यो। उसले आफ्नो र त्यो बटुवाको उमेर मनमनै दाँजेर हेर्‍यो र अनायशै बर्बरायो ” वाह ! क्या स्वस्थ ! क्या स्फूर्ती !!, यो पो मर्द रहेछ ” ।

 

4 Responses to “मर्द”

  1. Luna Says:

    बिद्यार्थीले पढ्ने पाठ्यपुस्तक मै राख्ने जस्तो शन्देश मूलक कथा !
    एकदम मन पर्‍यो ।

  2. Dilip Acharya Says:

    मेरो प्रयाशलाई पढेर प्रोत्साहन दिनु भएकोमा धेरै धेरै धन्यवाद ।

  3. Anonymous Says:

    i like most of the thing

  4. मर्द | Sahitya sangrahalaya Says:

    […] (source ) […]


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: