जनक्रान्ति
प्राडो चढ्ने सर्वहारा नेताका मोटरसाइकल चढेर आएका क्रान्तिकारी कार्यकर्ताले बन्दको बेलामा साइकल चढेर हिँड्ने सामन्ती लाई नराम्रो सँग गोदेछन् ।
आँङको भैसी
यातायात क्षेत्रमा सिन्डिकेट प्रणाली खारेज गर्ने मिलुजुली सरकारका दुई दलले शान्ति स्थापना र राज्य व्यवस्थाका विविध कार्यहरूलाई चरण बद्ध रूपमा कार्यान्वयन गर्न पालै पालो सरकार प्रमुखको भूमिका निर्वाह गर्ने निर्णय गरेछन्”
खोक्रो आदर्श
जातिय विभेदको अन्त र स्वतन्त्रता र समानताको बढावा गर्ने आयोजना गरिएको सामाजिक भेलामा बोल्न आएका विद्वान नेताले आफू, कनिष्ठ नेता र दलित जाती सबैलाई एउटै लहरमा राखेर आयोजकले आफ्नो वेइज्जत गरेको ठम्याई भेला बहिष्कार गरेछन् ।
पाखण्ड
देशमै औषधि उपचारको यथोचित सुविधा उपलब्ध भएको सारगर्भित भाषण सक्काउने बित्तिकै रुघाखोकीको उपचार गर्न वरिष्ठ नेता विदेशतर्फ लागेछन् ।




26 May , 2011 at 4:10 pm
>के भन्नु र खै ?
26 May , 2011 at 7:38 pm
>the second one is subtle…
27 May , 2011 at 6:19 am
>धोका दिनेहरू….
27 May , 2011 at 7:14 am
>धोका दीने लाइ के भननु र खै ???
27 May , 2011 at 8:22 am
>nice dilip daju
27 May , 2011 at 10:38 am
>राम्रो लाग्यो अनि रमाइलो पनि दीलीप सर!
27 May , 2011 at 12:53 pm
>……………फूल छ कपालमा, यस्तै हुन्छ दिलीप दाजु नयाँ नेपालमा!
28 May , 2011 at 12:50 am
>चारै सुत्रकथाहरु सशक्त लागे |
2 June , 2011 at 12:27 pm
>रामवाण !
9 June , 2011 at 4:18 pm
neta lai janata ko kutai kam vaye jasto chha. hamro des nepal lai dam vaye jasto chha. k garnu khai tulutulu hrna bahek. kohi pani chhai nan des lai maya garna layek.
6 August , 2011 at 6:11 am
second one is undoubtedly best one.