नाता ! (लघुकथा)

केही दिनअघि मैले उसलाई एकजना आफ्नै उमेरको नातेदारसँग हिँड्दै गरेको देखेको थिएँ । आपसी परिचय नभए पनि मलाई थाहा थियो कि त्यो अर्को व्यक्ति उसको फुपूको छोरा थियो ।

मैलो कमिज र पुरानो पाइन्ट लगाएर हिँड्दै गरेको त्यो व्यक्तिको पहिरनले नै उसको आर्थिक स्थितिलाई दर्साइरहेको थियो । त्यो अपरिचित व्यक्तिसँग छुट्टिसकेपछि मैले उसँग सोधेको थिएँ “…अनि ऊ तिम्रो भाइ कि दाइ ?”

“दाजु न भाइ, म त बाऊको एक्लो छोरो तिमीलाई थहा छैन र …?” उसले जवा दिएको थियो । “… उ त मेरो फुपूको छोरा पो हो …” । “फुपूको छोरा पनि त दाजुभाइ नै हुन् नि हैन र ?” । मेरो प्रश्नको उसले एकैछिन रोकिएर जवाफ दिएको थियो “…अँ…त्यसरी हेर्दा त भाइ नै पर्छ क्यारे…” ।

आज पनि मैले उसलाई बाटोमा एकजना उसकै उमेरको अपरिचित तर समृद्ध व्यक्तिसँग हिँड्दै गरेको देखेर सोधेँ ” अनि उ को नि ?” । “उँहा मेरो दाइ हो” उसले झट्ट जबाफ दियो । “हैन तिमी त एक्लै छोरा हैन र?” मैले सोधेँ । “हो, तर मामाको छोरा भनेको त आफ्नै दाइ नै त हो नि …” उसले सटीक जबाफ दियो ।

23 Responses to “नाता ! (लघुकथा)”

  1. RRijal Says:

    >आहा ! ठ्याक्क ठाउँमै !

  2. Alankar Says:

    >मज्जाको रहेछ ! साधु … साधु

  3. Chaitanya Says:

    >अत्यन्तै सटीक र मार्मिक लघुकथा | उस्तैखाले नाता पनि आकाश पाताल पार्ने स्वार्थीहरु समाजमा छन् | त्यसैले यो यथार्थ कथा हो भन्न मिल्छ |

  4. Aakar Says:

    >उसले सटीक जवाफ जस्तै सटिक रहेछ कथापनि । सबै पैसो कै कमाल हो । राम्रा जति सबै आफ्ना, नराम्रा जति सबै अरुका !

  5. Bed Nath Pulami Says:

    >आफ्ना लाइ आफ्नो भन्न हच्कनेहरुलाई – दह्रो प्रहार !

  6. दिनेश राज Says:

    >यो कथा हैन यथार्थ हो । गज्जब लाग्यो ।

  7. Anonymous Says:

    >what a writing…what a story. Really impressed. Sudarshan

  8. शेखर Says:

    >छन् गेडी सबै मेरी। छैनन् गेडी सबै टेडी।

  9. Om N Stha Says:

    >मिठो शिर्षकको जोक रहेछ मन छोए जस्तो छ।

  10. प्रकाश समीर Says:

    >पाखण्डीहरुलाई चोटीलो प्रहार। बर्तमान समाजको यथार्थ प्रतिबिम्ब। धन्यवाद दिलीप सर।

  11. iwrite ! Says:

    lau dai maile ta share gare hai!

  12. Anonymous Says:

    samanti sochai bhayakaharuko real katha ho. ramro lagyo.

  13. Anonymous Says:

    Jajajakta

  14. amrita kadayat Says:

    chan gedi sabai meri, 6ainan gedi sabai tedi.

  15. सरोज न्यौपान Says:

    nice….

  16. Bhim raj sharma Says:

    aaaaaaaaaaaaaaaaau kasto ramro

  17. Elizabeth Collins Says:

    Brilliant Piece of writing

  18. Evan Phillips Says:

    Magnificent Piece

  19. Aiden Howard Says:

    Profound piece, I liked the electronics pcb assembly equipment section

  20. Sophia Morris Says:

    Awfully exciting piece

  21. Scarlett Turner Says:

    Fantastic piece, I enjoyed the digital devices distraction and student
    performance bit

  22. Mason Cox Says:

    I searched for the article title and found this, never thought i’d find
    the answer


Leave a comment